विलियन चेल्सीमै बस्ने

एएफपी

लन्डन — ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी विलियनले चेल्सीमै बस्ने वाचा गरेपछि टिमलाई ठूलो उत्साह थपिएको छ । प्रिमियर लिग महारथी टोलीमा थिबाउट कोर्टियस र इडेन हाजार्ड पनि बस्नेमा भने शंका गरिएको छ ।

विलियन स्टामफोर्ड ब्रिजबाट बाहिरिने सम्पर्कमा थिए तर चेल्सीले बार्सिलोनाको स्थानान्तरण प्रस्ताव अस्वीकार गरिदियो । प्रशिक्षक एन्टोनियो कोन्टेको स्थानमा माउरिजियो सार्रीलाई नियुक्त गरिएपछि पनि यी विंगरले क्लब छाड्ने चाहना त्यागेका हुन् । कोन्टेको अन्तिम खेलमा चेल्सीले एफए कपको उपाधि जितेको थियो । त्यसपछि विलियनलाई बेन्चमै राखिएको थियो । उनले पूरा टिमले खुसी मनाइरहँदा इटालियन प्रशिक्षकले तीन ट्रफी विजेतालाई रोकेको इन्स्टाग्राममा तस्बिर हालेका थिए ।

‘म चेल्सी खेलाडी हो,’ विलियनले भने, ‘म यो प्रस्ट पार्न चाहन्छु कि मैले क्लबमै बस्न चाहेको थिएँ । औपचारिक रूपमा मलाई प्रस्ताव गर्ने एक्लो क्लब बार्सिलोना हो । तर मेरो टाउको यहीं छ र क्लबले मलाई बेच्न नचाहेसम्म म यसैमा निरन्तरता दिन चाहन्छु । तर, मेरो टाउको यही क्लबमा हुनेछ ।’

विलियनका समकक्षी डेविड लुइजले बेल्जियन सहकर्मीद्वय कोर्टियस र हाजार्डलाई पनि क्लबमै बस्न आग्रह गरेका छन् । २६ वर्षीय कोर्टियसको सम्झौता अझै १ वर्ष बाँकी छ । उनी रियल म्याड्रिड जाने कुरा दोहोरिएको छ । चेल्सीलाई जनवरीमा उनको मूल्य घट्ने वा अर्को ‘समर’ मा नि:शुल्क पठाउनुपर्ने भन्ने चुनौती छ । एट्लेटिको म्याड्रिडका पूर्वगोलकिपर कोर्टियसले दुई सन्तानसहित स्पेनी राजधानी सर्ने चाहना नजिक पुगेको बताएका छन् ।

हाजर्डको सम्झौता सन् २०२० मा सकिनेछ । नयाँ सम्भौता गर्न ढिलाइ गरिरहेका उनी लामो समयदेखि नै रियल जाने हल्ला चलेको छ । ‘चेल्सीको चाहना उत्कृष्ट खेलाडीलाई राख्ने हो,’ लुइजले भने, ‘उनीहरूलाई चेल्सीबारे धेरै जानकारी छ । यहाँ के गरे भन्ने उनीहरूलाई थाह छ । उनीहरूले यहाँ रमाइलो गरे । सबैले उनीहरूलाई मन पराउँछन् र उनीहरू यहाँ बस्ने आस छ ।’

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २२, २०७५ ०८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

८० वर्ष पुरानो जहाज दुर्घटना 

एएफपी

जेनेभा — स्वीजरल्याण्डको पहाडी क्षेत्रमा आइतबार भएको जहाज दुर्घटनामा २० जनाको मृत्यु भएको छ । 


प्रहरी प्रवक्ता अनिता सेन्टीका अनुसार जहाज दोस्रो विश्वयुद्धताका निर्माण गरिएको थियो। उनले दुर्घटनामा ११ पुरुष र ९ महिलाको ज्यान गएको जनाइन्। तीमध्ये १७ जना यात्रु र ३ चालक दलका सदस्य हुन्। उनले मृत्यु हुनेमा अष्ट्रेलियाली परिवारका ३ सदस्य रहेको बताइन्।

प्रहरीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतकहरु ४२ देखि ८४ वर्षका छन्।

जंकर जेयू–५२ एचबी–एचओटी बिमान सन् १९३९ मा जर्मनीमा निर्माण भएको थियो। सेन्टीका अनुसार जहाज स्वीटजरल्याण्डको पूर्वी क्षेत्रमा पर्ने पिज सेग्नास क्षेत्रमा दुर्घटना भएको हो।
एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टान जस्तैगरी जमिनमा खसेको थियो।’

विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा छरिएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटना विष्फोटका कारण भएको हुनसक्ने जनाएका छन्।

प्रकाशित : श्रावण २०, २०७५ २०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT