कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करणलाई गण्डकी प्रदेशको सम्मान

कान्तिपुर संवाददाता

लेखनाथ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई गण्डकी प्रदेश सरकारले आइतबार पोखरामा एक लाख रुपैयाँसहित सम्मान गरेको छ । प्रदेश सरकारले यसअघि नै घोषणा गरेको पुरस्कार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरे ।

करणलाई गण्डकी प्रदेशको सम्मान

मुख्यमन्त्री गुरुङले सम्मान रकम थोरै भए पनि प्रेरणादायी बन्न सक्ने बताए । ‘क्रिकेटको व्यवसायीकरणसँगै यसको विकासमा महत्त्वपूर्ण रहनेछ ।’ पहाडी जिल्लामा क्रिकेटको विकास गर्न पूर्वाधार निर्माणसँगै खेलाडी उत्पादनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । गुरुङले मुस्ताङको लोप्साङ खर्कमा हाइअल्टिच्युड खेलमैदान निर्माण भएपछि प्रदेशको खेल पर्यटनमा ठूलो सहयोग पुग्ने उल्लेख गरे ।


सम्मानित क्रिकेटर केसीले कुनै बेला नेपाल सगरमाथाको देश भनेर चिनिए पनि अहिले क्रिकेटरले समेत चिनाएको बताए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाललाई जिताउन करणले निर्णायक भूमिका खेलेका थिए । बागलुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका करणले राइजिङ स्टार क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?