कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अभ्यासमा नेपालको जित

काठमाडौँ — एसिया कप छनोटका तयारीका लागि श्रीलंकामा रहेको नेपालले पहिलो अभ्यास खेलमा सजिलो जित हात पारेको छ । नेपालले बुधबार आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गर्‍यो ।

अभ्यासमा नेपालको जित

तर नेपालको ब्याटिङ त्यति सहज रहेन । ९१ रन बनाउँदा नेपालको ७ विकेट झरिसकेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल २१, सुवास खकुरेलले १०, अनिलकुमार शाह र दीपेन्द्रसिंह ऐरी शून्य, रोहितकुमार पौडेल १२, विनोद भण्डारी १६ र सोमपाल कामी शून्यमा आउट भएका थिए ।


आरिफ शेखले ८९ रन बनाउँदै अन्तिम तीन विकेटमा १ सय ३ जोडेपछि नेपाल ४८.४ ओभरमा १ सय ९४ रनमा अलआउट भयो । आरिफले १ सय १८ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई तल्लोक्रममा वसन्त रेग्मीले १६ र ललितसिंह भण्डारीले ११ रन बनाएर राम्रो साथ दिए । ललितनारायण राजवंशी १ रन बनाई नटआउट रहे । आर्मीका मदुसन फर्नान्डोले ३ विकेट लिए ।


जवाफमा आर्मी ३६.१ ओभरमा १ सय २७ रनमा अलआउट भयो । जगथ राजापाक्साले ६० बल खेली ४ चौका र १ छक्का प्रहार गरी ४६ रन बनाए । लाहिरी चामराले २६ रन जोडे । नेपालबाट सोमपालले ७ ओभरमा १ मेडन राख्दै ३१ र वसन्तले ७.१ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३–३ विकेट लिए । दीपेन्द्रले २ तथा ललित भण्डारी र ललित राजवंशीले १–१ विकेट लिए ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?