एसिया कप छनोट: ओमानले नेपाललाई ७ विकेटले हरायो

विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो ।

अोमानका लागि खावर अलीले नटअाउट ८४ तथा जिसन माेक्सुदले नटअाउट ४५ रन जोडे।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट घुमाएर २२२ रन बनाएको थियो। यस्तैज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन र आरिफ शेखले ७४ बलमा ३६ रन बनाएका थिए।

६ टोली सम्मिलित प्रतियोगिताको विजेता दुई सातापछि संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ। यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो। फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो।

डिभिजन २ मा नेपालमाथि ओमानले ६ विकेटको विजय हात पारेको थियो। ओमानसँगको पराजय नेपाललाई राम्रो सबक बन्यो। त्यस प्रतियोगितामा नेपालले बाँकीको खेल जित्दै विश्वकप छनोटमा सहभागी हुँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्यो। ओमान भने नामिबियाको त्यही प्रतियोगिताबाट रेलिगेसनमा पर्दै डिभिजन ३ मा झरेको थियो।

प्रकाशित : भाद्र १३, २०७५ ०७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य
विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत प्लेअफको पहिलो चरणमा पीएनजीको सामना गर्दैछ । समूह 'बी' मा चौथो भएको नेपालले समूह 'ए' को पुछारमा रहेको पीएनजीलाई पराजित गरे वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना छ । 

खेलको प्रत्यक्ष अपडेट:
प्लेअफअन्तर्गत नेपालले पीएनजीको सामना गर्दा नेदरल्यान्ड्सले हङकङसँग खेल्नेछ । नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन पीएनजीविरुद्ध जितको विकल्प भने रहने छैन । नेपालले पीएनजीलाई र नेदरल्यान्ड्सले पनि हङकङलाई पराजित गरेको खण्डमा नेपाललाई चारवर्षे वान–डे अन्तर्राष्ट्रिय मान्यताको मौका मिल्नेछ । नेपालको जितसँगै अर्को खेलमा हङकङ विजयी हुँदा सबै अवसर पाउन नेपालले अर्को खेलमा हङकङमाथि विजय प्राप्त गर्नुपर्ने हुन्छ ।
नेपालले यसअघि पीएनजीविरुद्ध खेलेका तीनै खेलमा हार बेहोरेको छ । सन् २००५ मा भएको पहिलो भिडन्तमा अहिले टोलीका कप्तान पारस खड्का र शक्ति गौचन खेलेका थिए । पारसले अर्धशतक बनाए पनि नेपाल ७० रनले पराजित भयो । त्यसयता सन् २०१५ को अन्त्यतिर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुवै खेल निकै झिनो अन्तरले गुमाएको थियो।

प्रकाशित : चैत्र १, २०७४ १२:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT