कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूईएफए अवार्डमा रियलको वर्चस्व

एजेन्सी

मोनाको — स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीले बिहीबार राति मोनाकोमा भएको यूईएफए अवार्डमा वर्चस्व जमाएका छन् । 

यूईएफए अवार्डमा रियलको वर्चस्व

क्रोएसियाका लुका मोड्रीच उत्कृष्ट मिडफिल्डरसँगै गत सिजनको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकमा रियलका केलर नाभास तथा डिफेन्डरमा रियलका कप्तान सर्जियो रामोस चुनिए । यसै सिजनको सुरुआतमा रियल म्याड्रिड छाडेर इटालीको युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड घोषित भए ।


गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउँदा रोनाल्डोले १५ गोल गरेका थिए । रियलले त्यसबाहेक यूईएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि पनि हात पारेको थियो ।

प्रकाशित : भाद्र १५, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?