कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यु डायमन्डले पनि खेल्ने

काठमाडौँ — न्यु डायमन्ड क्लबले पनि आधी आवाधी महिला भलिबल लिग (एभीएल) मा प्रतिस्पर्धा गर्ने भएको छ ।

न्यु डायमन्डले पनि खेल्ने

‘काठमाडौं क्वीन्सको स्थानमा विशेष अनुरोधमा न्यु डायमन्ड क्लबलाई एभीएलमा सहभागी गराउने निर्णय गरियो,’ नेपाल भलिबल संघले विज्ञप्ति जारी गरेको छ । असोज १३ देखि १७ सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने एभीएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । भारतीय संस्था आधी आवाधी फाउन्डेसनसँगको १० वर्षे सम्झौताअनुसार हुन लागेको पहिलो संस्करणको ट्रफी सोमबार सार्वजनिक गरियो ।

घरेलु महिला भलिबल प्रतियोगिताको सर्वाधिक पुरस्कार व्यवस्था गरिएको एभीएलमा न्यु डायमन्डसँगै चितवन टिग्रेस, त्रिभुवन आर्मी, पोखरा पिंकेज, नेपाल पुलिस र एपीएफ क्लबले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

चितवन, आर्मी र न्यु डायमन्ड समूह ‘ए’मा रहेका छन् भने अर्को समूहमा पोखरा, पुलिस र एपीएफ भिड्नेछन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा अवसर पाउनेछन् । विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ पाउने संघले जनाएको छ । ‘दोस्रो संस्करणमा पुरस्कार रकम दोब्बर बनाइनेछ,’ आधी आवाधी फाउन्डेसनका संयोजक दिनेश सिंहले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?