कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ ।

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

यस खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ । त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो । भुटानको सामना गर्नुअघि कान्तिपुरसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यो खेललाई लिएर आफू सकारात्मक रहेको बताएका छन् । उनले भनेका छन्, 'फुटबलमा सबै प्रकारका सम्भावना रहन्छन् । हामी यो खेल जितेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छौं ।'


यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपाल विरुद्धको खेल सबै प्रकारले खुल्ला रहने बताएका छन् । उनका अनुसार दुवै टिमलाई जित आवश्यक रहेकोले यो खेलमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ ।


नेपाली फुटबल इतिहासमा भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो जसका विरुद्ध अहिलेसम्म हार व्यहोर्न परेको छैन । यस्तोमा नेपालले यही टिमको समना गर्दा निक्कै सझबुझ पूर्ण रुपमा प्रस्तुत हुनुपर्ने छ ।


पछिल्लो समय भुटानी फुटबलले निकै प्रगति गरेको छ । र, केही आश्चर्यजनक नतिजा निकालेको पनि छ । त्यसैले यसपल्ट नेपालले भुटानलाई कम आँक्न मिल्दैन । भुटानले पछिल्लो विश्वकप छनौटमा श्रीलंकालाई दुई लेगमा हराएको थियो ।


अहिलेसम्म साफ च्याम्पियनसिपमा नेापल र भुटानबीच २ खेल मात्रै भएका छन् । जसमा दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले सन् २००३ को साफ च्याम्पियनसिपमा भुटानलाई बंगबन्धु रंगशालमा नै भएको खेलमा २-0 ले हराएको थियो भने सन् २००५ मा कराँचीमा भएको खेलमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?