कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिपः भारतले श्रीलंकालाई २-० ले हरायो

ढाका — साफ च्याम्पियनसिप २०१८ को समूह 'बी' को पहिलो खेलमा भारतले श्रीलंकालाई २-० गोल अन्तरले हराएको छ ।

साफ च्याम्पियनसिपः भारतले श्रीलंकालाई २-० ले हरायो

बुधबार राति बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३५ र ४७ मिनेटमा गोल गर्दै श्रीलंकामाथि जित हासिल गरेको हो ।


भारतको तर्फबाट ३५ औं मिनेटमा आशिक्यू कुरुनियनले र ४७ औं मिनेटमा लालियनजुएला छाङ्टेले गोल गरे ।


खेलमा श्रीलंकाले गोल गर्ने राम्रो अवसरहरु पाए पनि गोल भने गर्न सकेन ।


समूह 'बी' मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।


प्रकाशित : भाद्र २०, २०७५ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?