कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

भारतको राम्रो सुरुआत

ढाका — मुख्य दाबेदार भारतले साफ च्याम्पियनसिप फुटबलमा राम्रो सुरुआत गरेको छ । यहाँस्थित बंगबन्धु रंगशालामा बुधबार छ पटकको विजेता भारतले समूह ‘बी’ को खेलमा श्रीलंकालाई २–० ले पराजित गर्‍यो । यस समूहको अर्को टोली माल्दिभ्स हो ।

भारतको राम्रो सुरुआत

इन्डियन सुपर लिग सुरु हुने क्रममा रहेका कारण भारतले बंगलादेशमा पहिलो टोली पठाएको छैन । त्यही पनि त्यो श्रीलंकालाई भारी बन्यो । नेपालका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनको प्रशिक्षणमा निरन्तर राम्रो नतिजा दिँदै आइरहेको भारतबाट आशिकी कुरिनियनले ३५ र लालियनजोला चाङटेले ४७ औं मिनेटमा गोल गरे ।

सन् २०१५ मा केरलामा भएको पछिल्लो संस्करणमा भारतले अफगानिस्तानलाई अतिरिक्त समयमा पराजित गर्दै साफको उपाधि जितेको थियो । २००३ मा बंगलादेशमा भएको साफमा उपाधि जित्न नसकेको बंगलादेशले २००९ मा भने माल्दिभ्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ढाका उपाधि जितेको थियो ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?