कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

काठमाडौँ — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो ।

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

खेलको ८५ औं मिनेटमा बंगलादेशका टोपु बर्मानले गोल गर्दै टिमलाई जित दिलाए । बंगलादेश यो जितसँगै समूहको २ खेलमा जित निकाल्दै पहिलो स्थानमा छ ।

नेपाल र पाकिस्तानले १/१ खेलमा जित निकालेका छन् भने १/१ खेलमा हार व्यहोरेका छन् ।


गोल अन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले बिहीबार मध्यान्ह भएको खेलमा भुटानलाई ४-० ले हराएको थियो ।


सेमिफाइनल पुग्ने सम्भावना सबै टोलिको जिवितै रहेको छ ।


शुनिबार हुने समूह 'ए' को अन्तिम आ-आफ्नो खेल जित्नै पर्ने दबाबमा टिमहरु रहेका छन् ।


शनिबार पाकिस्तान विरुद्ध भुटान र नेपाल विरुद्ध बंगलादेश मैदानमा उत्रँदै छन् ।

प्रकाशित : भाद्र २१, २०७५ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?