कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिसन भए मिस्टर काठमाडौं

काठमाडौँ — कान्तिपुर फिटनेसका बिसन गुरुङले शनिबार तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगितामा बिसनले एक लाख नगद, ब्यालेट र ट्रफी प्राप्त गरे ।

बिसन भए मिस्टर काठमाडौं

उनी ७५ केजी तौलका हुन् । बेस्ट पोजरको उपाधि उदित श्रेष्ठले जिते । शंखमुल हेल्थ क्लबका उनले १० हजार पाए ।

तेस्रो महिला फिटनेस च्याम्पियनसिपमा मसल्स वल्र्ड फिटनेसकी शोभा मानन्धर विजेता भइन् । उनले स्वर्ण पदक जितिन् । डिभाइन फिजिकलकी सुजिता मानन्धरले रजत र मसलकै सनम मुलगुठीले कांस्य जिते । शीर्ष तीन स्थानका विजेताले क्रमश: ३० हजार, १५ र ५ हजार रुपैयाँ पाए ।

पुरुषतर्फ ५५ केजी तौलमा मसल मेनियाका आवाज प्याकुरेल पहिलो भए । पाराडाइज फिटनेसका सुरज तण्डुकार र फ्लेक्स जिमका सुजन गुरुङ दोस्रो र तेस्रो भए । ६० केजीमा टोटल फिजिकलका किसनदास दिवाकार, न्यु फ्लेक्स एन्ड फिटनेसका सुरेश मुनिकार र फिटनेस स्टुडियोका अशोककुमार घिमिरे, ६५ केजीमा डिभाइनका प्रज्ज्वलमान शाक्य, सेप्स टु ढल्कोका विवेक विष्ट र फिटनेस फस्र्टका अमर गमाल तथा ७० केजीमा अक्सफोर्ड जिमका समिर श्रेष्ठ, मसल्सका अमितकुमार मण्डल र फिटनेस स्टुडियोका सुपेन डंगोल क्रमश: शीर्ष तीन स्थानमा विजयी भए ।

७५ केजीमा विशन पहिलो हुँदा सेप्स टुका उज्ज्वल बज्राचार्य र न्यु फ्लेक्सका रुजल शाही दोस्रो र तेस्रो भए । ७५ केजी माथि न्यु फ्लेक्सका नरेश मालाकार पहिलो, जी फिटनेसका राजन बानियाँ दोस्रो र डिभाइन फिजिकलका मोहित कार्की तेस्रो भए ।दोस्रो जुनियर मिस्टर काठमाडौंतर्फ प्याराडाइजका किशोर कार्कीले उपाधि जिते । उनले फिटनेस फस्र्टका मनीष बज्राचार्यलाई पछि पारे । फिटनेस प्लसका राज खड्का तेस्रो भए । उनीहरूले क्रमश: ३० हजार, १५ हजार र ५ हजार नगद पुरस्कार पाए ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?