कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति कप सुरु

कुमालको सेनाभित्र पनि कीर्तिमान

काठमाडौँ — इन्डोनेसियामा अघिल्लो साता सम्पन्न १८ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका सोमबहादुर कुमालले आफ्नो लयलाई निरन्तरता दिएका छन् । उनले सोमबार सुरु प्रधानसेनापति ट्रफी २०७५ खेलकुदमा एथलेटिक्सको ८ सय मिटर दौड जितेका छन् ।

प्रधानसेनापति कप सुरु

सो क्रममा १६ नम्बर बाहिनीका उनले निकालेको १ मिनेट ५३.१० सेकेन्डको समय सेनाको एथलेटिक्सतर्फ उत्कृष्ट हो । १३ नम्बर बाहिनीका उमेश मस्र्याङी १ मिनेट ५६.०२ सेकेन्डसाथ दोस्रो र पूर्वी पृतनाका टंक कार्की १ मिनेट ५६.२३ सेकेन्डसाथ तेस्रो भए ।

महिला ४ सय मिटरको उपाधि पश्चिम पृतनाकी तुलसा खत्रीले जितिन् । उनले ५९.९० सेकेन्ड निकालेकी थिइन् । १६ नम्बर बाहिनीकी कृष्णा चौधरी १ मिनेट ०.६७ सेकेन्डसाथ दोस्रो र उपत्यका पृतनाकी सरस्वती कठायत १ मिनेट ०.६८ सेकेन्डसाथ तेस्रो भए ।

असोज १९ सम्म चल्ने प्रतियोगिताको उद्घाटन नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापले गरेका थिए । प्रधानसेनापति कपमा बास्केटबल, कबड्डी, तेक्वान्दो, साइक्लिङ, पौडी, एथलेटिक्स, फुटबल, बक्सिङ, ह्यान्डबल र भलिबल गरी १० खेल समावेश छन् । भद्रकालीस्थित जङ्गी अड्डामा एथलेटिक्समात्र हुनेछ । साइक्लिङ काठमाडौंको चोभार, पौडी वीरगन्ज तथा बाँकी खेलहरू ललितपुरको लगनखेलमा हुनेछ ।

सेनाभित्रका १४ टिम (८ पृतना र ६ बाहिनी) ले भाग लिएका छन् । उद्घाटनमा सबै पृतनाका टिमले आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।


तस्बिरहरु : अंगद ढकाल


प्रकाशित : भाद्र २५, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?