ढाका — साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।
खेलको २७ औं मिनेटमा पानीसागै चट्याङ परेपछि केहीसमयलाई खेल रोकिएको थियो। पानी र चट्याङ रोकिएपछि स्थानीय समयअनुसार ५ बजे खेल सुरु भएको थियो।
नेपालले गोल गर्ने केही मौका पाएपनि बलले सही दिशा लिन सकेन। खेलको ३० औं मिनेटपछि नेपालले खेल आफ्नो पक्षमा पारे पनि गोल भने गर्न सकेन।
नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकपसहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।
नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।
काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् ।
प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसी ।
समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बधुबार प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताएका हुन्।
उनले बुधबार छानबिन समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दाेषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुन: छानबिन कार्यमा फर्कने निर्णय गरेको जनाएका छन्।
गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा सदस्य रहेका उपसचिव केसीले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी 'जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई समितिको सदस्यका रूपमा न्याय दिन असम्भव देखेकाे' र 'शक्तिशाली अपराधीबाट जुनसुकै समयमा हत्या गर्न सक्ने प्रबल सम्भावना रहेकाे' भन्दै राजीनामा गरेका थिए।