कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय बुद्धिचाल सुरु

दैलेख — जिल्लामा पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । जिल्ला बृद्धिचाल संघ दैलेखको आयोजनामा सुरु प्रतियोगितामा सातवटै प्रदेशका खेलाडी सहभागी छन् । सात प्रदेशका ३० खेलाडी सहभागी छन् ।

राष्ट्रिय बुद्धिचाल सुरु

आयोजक संघका अध्यक्ष शक्तिराम बुढाका अनुसार प्रतियोगिताका सातौं स्थानसम्मका खेलाडीलाई पुरस्कृत गरिनेछ । खुलातर्फ विजेताले ५५ हजार ५ सय रुपैयाँ जित्नेछन् ।

महिला विजेताले ७ हजार ५ रुपैयाँ जित्नेछन् । प्रतियोगितामा विद्यालयका छात्रछात्रा पनि सहभागी छन् । जिल्लाबाहिरबाट आएका खेलाडीलाई खानेबस्ने व्यवस्था गरिएको बुढाले बताए ।

स्पर्धामा १० देखि ६० वर्षसम्मका खेलाडी सहभागी छन् । प्रतियोगिताले खेलाडीको स्तर मापन हुने आयोजकको भनाइ छ ।

प्रकाशित : आश्विन २, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?