कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो जेस्ट ब्याडमिन्टन हुने

काठमाडौँ — जेस्ट खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण बुधबारदेखि राजधानीमा हुने भएको छ ।जेस्ट ब्याडमिन्टन एकेडेमीमा हुने चारदिने प्रतियोगितामा कुल ३ सय ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो जेस्ट ब्याडमिन्टन हुने

उनीहरूले नौ स्पर्धामा चुनौती पेस गर्नेछन् । पुरुष सिंगल्समा ३५ खेलाडी, डबल्समा १५, शीर्ष २० वरीयताभन्दा तलको डबल्स स्पर्धामा २३ जोडी सहभागी हुने छन् । महिला सिंगल्समा १७, ब्वाइज यू–१५ मा ५२ र गल्र्स यू–१५ मा १५ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, मिक्स्ड डबल्समा १३, मास्टर्सको ३५ वर्षमाथि १९ र ४५ वर्षमाथि ३० जोडीले प्रतिस्पर्धा गर्ने आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले बताए । कुल तीन लाख ८० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा पुरुष सिंगल्स विजेताले ३० हजार तथा महिला सिंगल्स विजेताले २५ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?