कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई उपाधि

काठमाडौँ — नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबलको उपाधि जितेको छ ।

एपीएफलाई उपाधि

ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले २५–१९, २५–१६ र २५–१७ ले जित दर्ता गर्‍यो । तेस्रो स्थानको खेलमा गीताञ्जली कलेजले आयोजक ढोरपाटनलाई २५–२२, ३०–२८, २५–१५ सेटले हरायो ।


विजेता एपीएफले १ लाख, उपविजेता गण्डकीले ६० हजार तथा तेस्रो भएको गीताञ्जलीले ३५ हजार रुपैयाँ प्राप्त गरे । सर्वाेत्कृष्ट खेलाडी एपीएफका महेन्द्र श्रेष्ठले एक थान यूएम मोटरसाइकल पुरस्कार पाए । व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ रुपैयाँ पाए ।

विधागततर्फ सर्भरमा दौलत सिंह (गीताञ्जली), सेटरमा दिनेश गिरी (एपीएफ), स्पाइकरमा टेकराज अवस्थी (एपीएफ), डिफेन्समा राजन दर्लामी मगर (गण्डकी), क्विकरमा हरि पाण्डे (गण्डकी ) तथा प्रशिक्षकमा ज्ञानेन्द्र विष्ट (एपीएफ) उत्कृष्ट चुनिए । प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?