कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोगियो बार्सिलोना

एएफपी

बार्सिलोना — जेरार्ड पिकेले १० खेलाडीमा समेटिएको बार्सिलोनाको उद्दार गरेका छन् । उनको गोलमा बार्सिलोनाले क्याटलन डर्बीमा जिरोनासँगको खेल २–२ को बराबरीमा टुंग्याएको छ । क्याम्प नोउमा रक्षक क्लेमेन्ट लेङलेटलाई सिधा रातो कार्डमा गुमाउनु बार्सिलोनाका लागि महँगा पर्‍यो ।

जोगियो बार्सिलोना

पेरे पोन्सलाई कुहिनाले प्रहार गरेका कारण उनलाई रातो कार्ड दिइएको थियो, जतिखेर बार्सिलोना १–० ले अगाडि थियो । त्यसअघि लियोनल मेसीको गोलमा बार्सिलोनाले १९ औं मिनेटमै अग्रता लिएको थियो । तर लेङलेटको घटनाले खेलमा नाटकीय परिवर्तन आयो । सेभियाबाट आएयता उनले बार्सिलोनाबाट पहिलो लिग खेल खेलिरहेका थिए ।


क्रिस्टियन स्टुयनीले मध्यान्तर हुनैलाग्दा गोल गरी जिरोनालाई बराबरीमा ल्याए । उरुग्वेका यिनै स्ट्राइकरले ५१ औं मिनेटमा गोल गरेपछि जिरोना ऐतिहासिक नतिजातर्फ अगाडि बढेको थियो । जिरोना त्यही टोली हो जो ४ वर्षअघि स्पेनिस फुटबलको चौथो डिभिजनमा खेलिरहेको थियो ।
गत सिजनको यही खेलमा बार्सिलोनाले जिरोनालाई ६–१ ले पराजित गरेको थियो ।


बार्सिलोनाले स्पेनिस लिगको यस सिजन यसअघिका चार खेल जितेर शतप्रतिशत नतिजा निकालेको थियो । १० खेलाडीमात्र लिएर खेले पनि पिकेले ६३ औं मिनेटमा गरेको हेड गोलबाट बार्सिलोनाले खेल बराबरीमा टुंगाउन सकेको थियो । ५ खेलको समाप्तिमा बार्सिलोना र रियल म्याड्रिडको समान १३ अंक छ । रियलले शनिबार स्पान्योलमाथि १–० को जित हात पारेको थियो ।


अल्भेसको १० तथा सेल्टा भिगो, एट्लेटिको म्याड्रिड र जिरोनाको समान ८ अंक छ । बेन येडरको ह्याट्रिकमा सेभियाले लेभान्टेलाई ६–२ ले पराजित गर्‍यो । खेलमा पछाडि परेको रियल बेटिसले एथलेटिक बिल्बाओसँग २–२ को नतिजा निकाल्यो । भ्यालेन्सिया र भिलारियलको खेल गोलरहित बराबरीमा टुंगियो ।

लयमा आर्सनल
लन्डन– दोस्रो हाफको तीन मिनेट अन्तरमा दुई गोल गरेको आर्सनलले आइतबार एभरटनमाथि २–० को जित हात पारेको छ । पहिलो दुई खेल हारेको आर्सनलले त्यसयता इंग्लिस प्रिमियर लिगमा लगातार ४ खेल जितेको छ । १२ अंकसहित आर्सनल छैटौं स्थानमा उक्लेको छ । टोली शीर्षस्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि छ । सिजन सुरुआतमा ठूलो खर्च गरेको एभरटन १२ औं स्थानमा झरेको छ ।


एलेक्जान्ड्रे लाकेजेटको गोलमा आर्सनलले इमिरेट्स रंगशालामा ५६ औं मिनेटमा अग्रता लिएको थियो । लगत्तै पिइरे–इमरे एबामेयाङले गोल गर्दै आर्सनलको लय कायम राखे ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?