कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेश्मा उत्कृष्ट खेलाडी

काभ्रे — तेक्वान्दो आईटीएफ नेपालको आयोजनामा धुलिखेलमा भएको तेस्रो एभरेस्ट ओपन तेक्वान्दोमा नेपाली खेलाडीले टिम च्याम्पियनको ट्रफी जितेका छन् ।

रेश्मा उत्कृष्ट खेलाडी

प्रतियोगितामा नेपाली टिम ३४ स्वर्ण पदक जित्दै च्याम्पियन भएको थियो । भारतले ४ स्वर्ण, ५–५ रजत र कांस्य जितेर दोस्रो हुँदा सिंगापुरले एक स्वर्ण जित्दै तेस्रो स्थान हात पारे ।


प्याट्रन र स्पाइरिङमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पुरुषतर्फ सिंगापुरका दिलीपन कोफ्लेन र महिलातर्फ नेपालकी रेश्मा लुंगेली उत्कृष्ट खेलाडी भएका थिए ।


विजेता खेलाडीलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितासँगै मास्टर्स क्लास पनि भएको थियो । त्यसमा नेपाल, भारत, सिंगापुर र नेदरल्यान्डका खेलाडी र प्रशिक्षक गरी ९२ जनाले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी गराए । क्लासका सहभागीलाई इंग्ल्यान्डका मास्टर योगी चाँदले प्रशिक्षित गराएका थिए ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?