कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा प्रिमियर लिग अक्सन [लाइभ अपडेट]

काठमाडौँ — कार्तिक दोस्रो सातादेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा १ सय ९७ खेलाडी सहभागी छन् । सहभागी ६ टोलीले अक्सनमा तीन श्रेणीका खेलाडीहरु अनुबन्धन गर्ने छन् ।

पोखरा प्रिमियर लिग अक्सन [लाइभ अपडेट]

आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । हरेक टोलीले न्यूनतम १५ र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ । सबै टिमले आ–आफ्ना मार्की खेलाडी घोषणा गरिसकेका छन् । हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।


विराटनगर टाईटन्सका मार्की खेलाडी सन्दीप लामिछाने छन् भने चितवन राईनोजका मार्की खेलाडी पारस खड्का हुन् । पोखरा पल्टनले मार्की खेलाडीमा शरद भेषवाकरलाई चुनेको छ । बुटवल ब्लास्टरका मार्की खेलाडी सोमपाल कामी छन् । हुलास काठमाडौं रोयल्सले मार्की खेलाडी ज्ञानेन्द्र मल्ललाई लिँदा एक्स्पर्ट धनगढी ब्लुजले दिपेन्द्रसिंह एेरी मार्की खेलाडी बनाएको छ ।






प्रकाशित : आश्विन १४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?