कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओपन वाटरमा शिरीष च्याम्पियन

दीपक परियार

लेखनाथ — ओलम्पियन शिरीष गुरुङले फेवातालमा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन्  । शिरीष शुक्रबार ४० प्रतियोगीलाई पछि पार्दै तेस्रोपल्ट च्याम्पियन भए  ।

ओपन वाटरमा शिरीष च्याम्पियन

नेपाली सेनाको तर्फबाट प्रतिस्पर्धा गरेका उनले निर्धारित २.५ किलोमिटर दूरी २१ मिनेट ३२.६७ सेकेन्डमा पार गरे ।


यसअघि उनले प्रतियोगिताको पाँचौं र छैटौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९ मिनेट ४० सेकेन्डमा दूरी पार गरेको कीर्तिमान उनकै नाममा छ । प्रतियोगितामा वैदज्ञराज जोशी दोस्रो भए । उनले २१ मिनेट ३८.११ सेकेन्डमा दूरी पार गरे । दीपंकर अवाले २१ मिनेट ४२.९२ सेकेन्डमा दूरी पार गरेर तेस्रो भए । उनीहरूले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ
प्राप्त गरे ।


महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेन्डमा दूरी पार गरिन् । समिरा शोभा थापाले २३ मिनेट ५५.९५ सेकेन्डबाट दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रीबी महर्जनले २४ मिनेट ५.७७ सेकेन्डमा दूरी पार गरिन् । शीर्ष तीनका विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।


कास्कीका खेलाडीमध्ये धनमान गुरुङ विजेता भए । उनले २६ मिनेट ४८.७४ सेकेन्डमा दूरी पार गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेन्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेन्डमा दूरी पार गरेर तेस्रो भए । उनीहरूले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।


प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरेर तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । ५ विदेशीसहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेका हुन् ।


विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कृत गरे । उनले विगतमा फेवातालको पानी पिउन योग्य भएको स्मरण गर्दै खेलकुदको माध्यमबाट यसको संरक्षण गर्न सकिने धारणा राखे । पौडी संघका महासचिव जगतमान श्रेष्ठले खुला पानीमा हुने पौडी प्रतियोगिताको गन्तव्य पोखरालाई बनाउन सकिने बताए । एसियालीस्तरकै खुला पौडी प्रतियोगिता गर्न सके पोखराको पर्यटनमा थप टेवा पुग्ने उनको दाबी थियो । जिल्ला पौडी संघ अध्यक्ष वैभव पौडेलले प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा सघाएको जनाए ।

प्रकाशित : आश्विन २७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?