कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला रग्बी टिम ब्रुनाईमा खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला रग्बी टिमले ब्रुनाईमा हुने एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफी २०१८ मा प्रतिस्पर्धा गर्ने भएको छ  । कीर्तिपुरस्थित ल्याबोरोटरी स्कुलको मैदानमा प्रशिक्षणरत नेपाली टिम बिहीबार ब्रनाई प्रस्थान गर्नेछ  ।

महिला रग्बी टिम ब्रुनाईमा खेल्ने

अक्टोबर २० र २१ मा हुने प्रतियोगितामा नेपालले पहिलो दिन पाकिस्तान र भारतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाल रग्बी संघले जनाएको छ । आयोजक ब्रुनाईसहित नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताले अन्तर्राष्ट्रिय रग्बीमा नेपाली महिलाको सम्भावनालाई थप बलियो बनाउने रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले बताए ।


श्रीलंकाली प्रशिक्षक हेटिराचिलेज राधिका इसानले सम्हालेको नेपाली टिमको कप्तानी एलिसा थापाले गर्नेछिन् । सिर्जना राई उपकप्तान हुन् । दर्जन खेलाडीको टिममा पञ्चमाया श्रेष्ठ, सुनीता तामाङ, सविना महर्जन, सावित्री पुर्जा, सविता लुइँटेल, सुजिना गुरुङ, सानिका तामाङ, नानी तामाङ, अमृता किराँत राई र मनीषा थापामगर छन् ।


सविता, नानी, सुजिना र सोनिका अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ खेलाडी हुन् । बाँकी आठ खेलाडी एसिया रग्बी वुमेन्स सेभेन्सका अनुभवी खेलाडी हुन् ।


यसअघि नेपाली टिमले सन् २०१५ मा चेन्नाई र २०१६ मा लाओसमा भएको एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफीमा पनि प्रतिस्पर्धा गरेको थियो । नेपालले चेन्नाईमा इन्डोनेसियामाथि जित हात पारेको थियो । अन्य खेलको नतिजा भने नेपालको पक्षमा आएन ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?