१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दुर्गालाई दौड उपाधि

घनश्याम गौतम

रूपन्देही — कर्णाली स्पोर्टस क्लब जुम्लाका धावक दुर्गाबहादुर बुढाले भैरहवामा बुधबार आयोजित १२ किलोमिटर दौडको उपाधि जितेका छन्  ।

दुर्गालाई दौड उपाधि

विश्व पोलियो दिवसको अवसरमा भैरहवामा क्रियाशील रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाले प्रतियोगिता आयोजना गरेका थिए । २६ वर्षीय दुर्गाबहादुरले निर्धारित दूरी ३४ दशमलब ०३ सेकेन्डमा पूरा गर्दै ‘१२ के दौड भैरहवा’ को उपाधि जिते । उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए । हाफ म्याराथनभन्दा कम दूरीको दौडमा यो ठूलो राशिको पुरस्कार हो । दुर्गाबहादुरले अघिल्लो वर्ष नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए ।

राजविराजका युवा धावक अजितकुमार यादव दोस्रो भए । उनले ३४ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनले २१ हजार रुपैयाँ पाए । उनले यसअघि १५ सय मिटर र ५ किमि दूरीको दौडमा भाग लिएका थिए ।

बाग्लुङ ढोरपाटनका तीर्थ पुनले ३४ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे । उनले एक साताअघि गोर्खा लिगलिगे म्याराथनमा दोस्रो स्थान हासिल गरेका थिए । भारतीय सेनामा कार्यरत तीर्थ लुम्बिनी पिस म्याराथनअन्तर्गत हाफ म्याराथनतर्फका दुईपल्टका विजेता हुन् । उनले ११ हजार रुपैयाँ पाए । दसौं स्थानसम्म आउनेले जनही १ हजार रुपैयाँ पाएका थिए ।

शीर्ष तीनस्थानका विजेता खेलाडी पूर्वधावक वैकुण्ठ मानन्धरका साथ ।
तस्बिर : घनश्याम/कान्तिपुर

खुला दौड भएकाले १० महिला खेलाडी पनि सहभागी थिए । निर्धारित दूरी पूरा गर्नेर्े भैरहवाकी जयकली पुन, मौसमी भट्ट र बुटवलकी सपना पोखरेल क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । तीनै जनालाई क्रमश: ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

विजेता सबै खेलाडीलाई दक्षिण एसियाका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष जितेन्द्रनाथ शर्मा, सेन्ट्रल लुम्बिनीका कार्यवाहक अध्यक्ष प्रेमराज शर्मा, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सन्जीव शर्मा रेग्मी, प्रतियोगिता संयोजक तथा रोटरी भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी इन्टरनेसनलका यस क्षेत्रका असिस्टेन्ट गभर्नरद्वय खिमबहादुर कार्की, एजाज आलम, रोटरी क्लब अफ लुम्बिनी सेन्ट्रलकी सचिव उर्मिला सिलवाललगायतले पुरस्कृत गरे । १ सय ३० भन्दा बढीको सहभागिता थियो ।

प्रकाशित : कार्तिक ८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?