पीपीएल : बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले हरायो

पोखरा — बुटवल ब्लास्टर्सले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार पोखरा टाइटन्सलाई ३३ रनले पराजित गरी बुटवलले विजय यात्रालाई जारी राखेको हो । 

पीपीएल : बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले हरायो

भीम सार्कीको अर्धशतक टस जितेको बुटवलले पोखरा रंगशालाको क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५० रन बनाएको थियो । जबाफमा आएको पोखराले ९ विकेट गुमाई १ सय १७ रनमात्र बनाउन सक्यो ।


ओपनर आसिफ शेखले बनाएको २० रन नै टोलीका खेलाडीको उच्च स्कोर थियो । कप्तान शरद भेषावकर १९, रवि इन्दर सिंह र मोहम्मद नावेदले ११-११ तथा रशिद खानले १० रन बनाए । बुटवलका कप्तान सोमपाल कामी, रोहन मुस्ताफा, विपिन खत्री र ललितसिंह भण्डारीले २-२ विकेट लिए ।


यसअघि युवा ब्याट्सम्यान भिमले ४६ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन बनाएका थिए । युएईका कप्तान रोहन मुस्ताफाले ४५ रन बनाए । ३५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । चिराग सुरी ५, सागर पुन २, सिद्धान्त लोहनी १३, सोमपाल कामी २२ र प्रकाश केसी शुन्यमा आउट भए । पोखराका मोहम्मद नाविदले ३ विकेट लिए । युएईका तीब्र बलरले ४ ओभरमा २० रनमात्र खर्चे । महबुब आलम, ललितनारायण राजवंशी र कप्तान शरद भेषावकरले १-१ विकेट लिए ।


तस्बिर : अंगद ढकाल


प्रकाशित : कार्तिक ११, २०७५ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?