कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएलः चितवन राइनोजको लगातार दोस्रो जित

पोखरा — चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । चितवनले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्‍यो । १५० रनको लक्ष्य लिएर आएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।

पीपीएलः चितवन राइनोजको लगातार दोस्रो जित

करण केसीले ४ ओभरमा ३४ रन खर्चेर ३ र कप्तान पारस खड्काले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । सन्नी पटेल, स्मित पटेल र भुवन कार्कीले १/१ विकेट लिए ।


काठमाडौंबाट गौरव तमारले ३९, ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयकृष्णनन कोल्सावालले १८ रन बनाए ।


यसअघि हरिशंकर साहले लगातार दोस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको थियो ।

हरिशंकरले ६० रन बनाएपछि टस हारेर व्याटिङ गर्न आएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १४९ रन बनाएको थियो । ४९ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । उनले अनिलकुमार साहसँग पहिलो विकेटमा ७.२ ओभरमा ५४ रन जोडे । अनिलले २७ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए ।


कप्तान पारस खड्का १४ रनमा नन्दन यादवद्वारा बोल्ड भए । भारतीय खेलाडीद्वय स्मित पटेलले २४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाएका थिए ।


काठमाडौंका बसन्त रेग्मीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । नन्दन र पवन सर्राफको नाममा १/१ विकेट रह्यो ।

पहिलो दुवै खेल हारेको चितवनले बुधबार एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गरी लय समातेको थियो । दुवै टोलीले आफूले खेलेको अघिल्लो खेलबाट प्लेयिङ ११ मा कुनै खेलाडी परिवर्तन गरेको थिएन ।

प्रकाशित : कार्तिक १५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?