कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाराग्लाइडिङ वर्ल्डकपको उपाधि कोरियालाई 

प्रतिक्षा काफ्ले

स्याङजा — स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले हात पारेको छ। आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन्। 

पाराग्लाइडिङ वर्ल्डकपको उपाधि कोरियालाई 

यसरी नै कोरियाकै किङकी हेवनले १५ अंकसहित दोस्रो स्थान तथा कोरियाकै झुनयुले १५ अंकसहित तेस्रो स्थानमा रहन सफल भएका छन् । स्लोभेनियाका प्रेलोज्युवीक रोकले १६ अंक ल्याउदै चौथो बने । पाँचौ भएका चाइनाका झ्युचेनले २१ अंक ल्याएका थिए ।


वर्ल्डकपका लागि सहभागी महिलातर्फ कोरियाकी ह्रयुन्ची किमले ५९ अंक ल्याएर पहिलो स्थान हात पारिन् । यसरी नै कोरियाकै इयुन्यौङ चोलले ७४ नम्बर ल्याएर दोस्रो स्थानमा रहन सफल भइन् ।


यस्तै तेस्रो स्थानमा इण्डोनेसियाकी गीता रेजकी गुन्तरी बनिन् । कोरियाकी इन्सुककङग चौथो र नेपालकी सविता तामाङले पाँचौ भइन् ।


प्रतियोगितामा १३ देशका ७० जना खेलाडी सहभागी थिए । जसमध्ये १८ जना पाइलट महिला थिए ।


हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङमा रजत हात पारेको थियो । स्याङजामा सम्पन्न प्रथम नेपाल पाराग्लाइडिङ एक्युरेसी विश्वकपमा व्यक्तिगततर्फ प्रथम, द्वतिय र तृतिय हुनेले क्रमश एक हजार, सात सय ५० र ५ सय युरोसहित स्वर्णपदक, मेडल र प्रमाणपत्र पाएका छन् । टिमतर्फ प्रथम, दितिय र तृतिय विजेताले क्रमश १५, १२ र ७ सय युरोसहित मेडल, स्वर्णपदक र प्रमाणपत्र पाए ।


प्रतियोगितामा नेपालसहित जापान,जर्मन,क्यानडा,फ्रान्स,टर्की,बेलायत,दक्षिण कोरिया, साउदी अरेबिया,सिंगापुर,इण्डोनेसिया,मंगोलिया,मलेसिया,भारत,पाकिस्तान र इरानका खेलाडीले सहभागिता जनाएका थिए । विजेतालाई भूमि तथा सहकारी व्यवस्थापन मन्त्री पद्मा अर्यालले सम्मान गरेकी थिइन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?