कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल पुन: शीर्षमा

एएफपी

लिभरपुल — मोहम्मद सलाहले लिभरपुललाई पुन: इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुर्‍याएका छन् । लिभरपुलले आइतबार पुछारमा रहेको फुलहमलाई एनफिल्डमा २–० ले पराजित गर्‍यो । 

लिभरपुल पुन: शीर्षमा

मोहम्मद सलाहले ४१ औं मिनेटमा खोलेको खातामा दोस्रो हाफको आठौं मिनेटमा जेर्डान साकिरीले अर्को गोल थपेका थिए । योर्गन क्लोपको लिभरपुल यस सिजनको प्रिमियर लिगमा अपराजित रहेको छ । १२ खेलमा ९ जित र ३ बराबरीका साथ टोलीको ३० अंक छ ।


एलेक्जेन्डर मिट्रोभिजले हेडमा गरेको गोल सहायक रेफ्रीद्वारा अफसाइड करार दिनु फुलहमका लागि दुर्भाग्य बन्यो । भिडियो रिप्लेमा त्यो गोल मिट्रोभिजले लाइन भित्रबाट गरेको देखिएको थियो । त्यसैमा लिभरपुलले काउन्टर एट्याकमा अगाडि बढाएको बललाई सलाहले आफ्नो हाफबाट दौडाइ गोल गरेका थिए । फुलहमको ५ अंकमात्र छ ।


अर्को अपराजित टोली चेल्सीले आइतबर एभरटनसँग गोलरहित बराबरीको नतिजा निकाल्न सक्यो । टोटेनहम चौथो स्थानमा उक्लेको छ । टोटेनहमले शनिबार राति क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको थियो । टोटेनहमको २७ अंक छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?