कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहास रचेको महिला फुटबल टोली स्वेदश फर्कियो, विमानस्थलमा स्वागत

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ ।

इतिहास रचेको महिला फुटबल टोली स्वेदश फर्कियो, विमानस्थलमा स्वागत

टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार बंगलादेशविरुद्धको खेलमा १–१ को नतिजा निकालेर पनि नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको हो


एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो।

तस्बिरहरुः कविन अधिकारी/कान्तिपुर

प्रकाशित : कार्तिक २९, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?