कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरस्वती र लिटिल बुद्ध विजयी

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा जारी तेस्रो निस्ट लिटल फ्लावर टी–२० प्रिमियर क्रिकेटअन्तर्गत बिहीबार सरस्वती मावि गेटा कैलालीले भक्तपुर निस्ट स्कुललाई ६ विकेटले पराजित गरेको छ । 

सरस्वतीले १ सय ७ रनको सामान्य लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, उदय बिंडारीले १८ र आशिष पनेरुले अविजित १० रनको योगदान दिए । निस्टका अमृत थापाले २, सोहन यादव र अभिषेक पुर्वेले १–१ विकेट लिए ।


टस हारेर ब्याटिङ गरेको निस्टले १९.३ ओभरमा १ सय ६ रन बनाएको थियो । निस्टका ओपनर सोहन यादवले २७, आशिष कर्णले १५ र अमृत थापाले १२ रन जोडे । सरस्वतीका गोविन्द चन्द र अशोक चन्दले ३–३ तथा आयुब चन्दले २ विकेट लिए । लगातार दोस्रो खेलमा हार बेहोरेको निस्ट बाहिरियो । म्यान अफ द म्याच सरस्वतीका कप्तान आयुब चन्द भए ।


दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबीसी आवासीय नेपालगन्जलाई ८६ रनले पराजित गर्‍यो । टस जितेको लिटिल बुद्धले कप्तान सन्दीप जोरा र सुशील खड्काको अर्धशतकीय इनिङ्स मदतबाट २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनायो । कप्तान सन्दीपले ८३, सुशीलले ४४ बलमा ५४, कमलसिंह ऐरीले १६ बलमा ३ छक्का र १ चौकासहित अविजित ३२ रनको योगदान दिए ।

जवाफमा एबीसी १४.४ ओभरमा १ सय ५ रनमै समेटियो । लिटिलका हेमन्त कार्कीले ४, रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीपले १–१ विकेट लिए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?