कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

ईपीएललाई आईसीसी मान्यता

कान्तिपुर संवाददाता

काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने र दुई साता लामो ईपीएलको यसपालिको संस्करण मंसिर २२ देखि हुँदै छ ।

देशको क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ साढे दुई वर्षदेखि निलम्बनमा छ । यस्तो अवस्थामा निलम्बित देशहरूमा हुने ठुला प्रतियोगिताका लागि आईसीसीबाट स्विकृति लिनुपर्ने प्रावधान छ । ईपीएलले जारी गरेको विज्ञप्तिमा आईसीसीका क्लिभ हिट्सककले नेपाल र नेपाली खेलाडीमा ठूलो चासो रहेको कारण मान्यता प्रदान गरेको जनाएका छन् ।


आयोजक एभरेस्ट प्रिमियर लिगले प्रतियोगिता स्विकृतिका आईसीसीले तोकेको २० हजार अमेरिकी डलर नेपाल राष्ट्र बैंकबाट दाखिला गरेको जनाएको छ । कर र बढेको डलरको भाउसहित २७ लाख ५० हजार रुपैयाँ आईसीसीलाई बुझाएको आयोजकले जनाएको हो । क्यान नभएको अवस्थामा आईसीसीले यो रकम नेपालको क्रिकेट विकासमा खर्च गर्ने जनाएको छ ।


आईसीसीको स्विकृतिपछि नेपाली राष्ट्रिय खेलाडीहरू र अन्तर्राष्ट्रिय खेलाडीले यसमा खेल्न सक्नेछन् । अन्तर्राष्ट्रिय खेलाडीमा आयरल्यान्डका केभिन ओ’ब्राइन, यूएईका मोहम्मद नाविद, हङकङका बाबर हायत, स्कटल्यान्डका केयल कोइटजर र इंग्ल्यान्डका जोहन सिम्पसन ईपीएलमा उत्रँदै छन् ।


ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आईसीसीको मान्यताले प्रतियोगितालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?