कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : नवीनसँग विकास स्तब्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको सेमिफाइनल पुगेका छन् । अन्तिम चार पुग्ने अर्का खेलाडीमा एपीएफका दिपेश धामी रहे ।

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : नवीनसँग विकास स्तब्ध

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुरुष एकलतर्फ बिहीबार रत्नजितले पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ ले हराए । उनले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । रुकेशले पुलिसका विष्णु कटुवालमाथि २१–१६, २१–१९ को जित पाए ।


नवीनले पूर्व नम्बर एक खेलाडी भोजपुरका विकास श्रेष्ठलाई २१–१९, २१–११ ले पन्छाए । नवीनले फाइनल पुग्न लागि दिपेशको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे ।


महिला एकलतर्फ आर्मी र एपीएफका समान दुई खेलाडीले सेमिफाइनल पुगेका छन् । बिहीबार आर्मीकी नङसलदेवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले हराएर सेमिफाइनलमा स्थान बनाइन् । उनले एपीएफकी शोभा गौचनको सामना गर्नेछिन् ।


शोभाले आर्मीकी अनुमाया राईलाई २१–१७, २१–१९ ले हराइन् । आर्मीकी रशिला महर्जनले सातौं संस्करणकी विजेता एपीएफकी जेशिका गुरुङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । रशिलाले आफ्नै क्लबकी रन्जना भट्टलाई २१–१४, २१–१३ र जेशिकाले आर्मीकी अमिता गिरीलाई १९–२१, २१–१५, २१–११ ले हराए ।


यू–१७ ब्वाइजमा सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पक्का गरे । अन्तिम चारमा स्थान बनाउने क्रममा जेस्ट ब्याडमिन्टनका प्रियांशु सिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११, २१–१८, आर्मीका दिवस शंकरले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११, २१–१३ र जेस्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले हराए ।


पुरुष युगलतर्फ एपीएफका दिपेश र विजित थापा मगर तथा गौतम कठायत र सुनील जोशीको जोडी अन्तिम चारमा पुगे । दिपेशको जोडीले पुलिसका दीपक बोहरा र जीवन आचार्यलाई २१–१६, २१–१७ ले हरायो ।स सुनीलको जोडी बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१–१५, २१–१६ को जित निकाल्यो ।


आर्मीका रुकेश र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी पनि अन्तिम चारमा पुगेका छन् । रुकेशको जोडीले एपीएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढाईंको जोडीलाई २१–१६, २१–१७ तथा रत्नजितको जोडीले पुलिसका विष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१–१७, २२–२० ले पराजित गर्‍यो ।


आर्मीकी रशिला महर्जनले दोहोरो सफलता पाइन् । उनले यू–१७ गल्र्स एकलमा पनि जित निकाल्दै सेमिफाइनल पक्का गरिन् । उनीसहित रञ्जना भट्ट, मोरङका रोज पाण्डे र सीमा राजवंशी अन्तिम चारमा पुगेका हुन् ।


रशिलाले जेस्टकी डिमोना केसीलाई २१–२, २१–४ ले हराइन् । रञ्जनाले झापाकी अञ्जना राईलाई २१–१६, २१–१५ ले, रोजले जेस्टकी स्मृति राईलाई २१–५, २१–१३ र सीमाले कञ्चनपुरकी वीणा विष्टलाई २१–८, २१– ९ ले हराए । सेमिफाइनलमा रशिलाले रोज तथा सीमाले रञ्जनाको सामना गर्नेछन् ।


महिला युगलतर्फ आर्मीका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्नेछन् । उनीहरूको जोडीले जेस्टका ज्योति लिम्बु र दिना पुनको जोडीलाई २१–१५, २१–१२ तथा पूजाको जोडीले जेस्टकै स्मृति राई र सोफी खत्रीको जोडीलाई २१–७, २१–५ ले हराए ।


आर्मीका नङसल र रशिलाको जोडीले भोजपुर र बाँकेका सीता राई र सम्झना शर्माको जोडीसँग खेल्नेछ । नङसलको जोडीले जेस्टका तारा आले र मनीषा खड्काको जोडीलाई २१–८, २१–४ ले तथा सीताको जोडीले मोरङका सीमा राजवंशी र रोज पाण्डेको जोडीलाई २१–८, २१–१४ ले हराए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?