कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिदीभाइको च्याम्पियन लय

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ पुष्पलाल स्मति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौंपल्ट च्याम्पियन भएका छन् । 

दिदीभाइको च्याम्पियन लय

शनिबार पुरुष एकल फाइनलमा रत्नजितले एपीएफ क्लबका दिपेश धामीलाई २१–११, २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार हात पारे । दिपेशको भागमा २० हजार पर्‍यो । आर्मीका नवीन श्रेष्ठ र रुकेश महर्जनले समान १० हजार पुरस्कार पाए ।


त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिला एकलतर्फ आर्मीकी नङसलदेवी तामाङले आफ्नै टोलीकी रशिला महर्जनमाथि निकाल्दै पुनरागमन गरेकी छन् । अघिल्लो संस्करणमा जेशिका गुरुङसँग पराजित नङसलले यसपालि २२–२०, १५–२१, २१–१८ को नतिजा निकालिन् । नङसलले ५० हजार र रशिलाले २५ हजार रुपैयाँ पुरस्कार पाए । एकल च्याम्पियन नङसल र रत्नजित दिदीभाइ हुन् ।


सेमिफाइनल पराजित एपीएफका शोभा गौचन र जेशिका गुरुङले समान १० हजार पाए । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलतर्फ रत्नजितले नवीन श्रेष्ठसँग मिलेर उपाधि जिते । उनीहरूको जोडीले एपीएफका दिपेश र विजित थापामगरको जोडीलाई २२–२०, २०–२२, २१–११ को कठिन जित निकाल्यो ।


महिला युगलतर्फ एपीएफका पूजा श्रेष्ठ र जेशिकाको जोडीले उपाधि जित्यो । उनीहरूको जोडीले नङसल र रशिला महर्जनको जोडीलाई २१–१३, २१–१४ को सोझो सेटमा हराए । दुवैको विजेता जोडीले २० हजार र उपविजेता जोडीले १० हजार रुपैयाँ पुरस्कार पाए ।


आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनील जोशी तथा महिलामा जेस्ट ब्याडमिन्टनकी सीता राई र बाँकेकी सम्झना शर्मा तथा आर्मी अमिता गिरी र अनुमाया राई जोडी तेस्रो हुँदै ५–५ हजार पुरस्कार जित्न सफल भए ।


यू–१७ ब्वाइजतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल आर्मीका दिवस शंकरलाई २१–१६, २१–५ ले हराउँदै च्याम्पियन भए । दुबई जुनियर सिरिजमा स्वर्ण जितेका प्रिन्सले १५ हजार पुरस्कार पाए । दिवसले ७ हजार पाए । जेस्टका प्रियांसुसिंह क्षेत्री र पेम्बा शेर्पाले ५–५ हजार थापे ।


सोही उमेर समूहको गल्र्समा आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१–५, २१–५ ले हराउँदै उपाधि जिते । रशिलाले १५ हजार र रञ्जनाले ७ हजार पाए । तेस्रो भएका मोरङका रोज पाण्डे र सीमा राजवंशीले ५–५ हजार पाए ।


मास्टर्स ४५ वर्षमाथि आर्मीमा सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले उपाधि जित्यो । उनीहरूले जेस्टका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई १६–२१, २१–१६, २१–१६ को सेटमा हराए । यो उनीहरूको लगातार २० औं उपाधि जित हो ।

प्रकाशित : मंसिर २, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?