कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी र बुटवल विजयी

रूपन्देही — तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा लुम्बिनी कसाई र बुटवल डाइनामाइट्स विजयी भएका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी खेलमा लुम्बिनी कसाई ग्ल्याडियटले ज्ञानोदय गोल्डस बुटवलमाथि र बुटवल डाइनामाइट्सले एनएस सीए टाइगर्समाथि समान ५ विकेटकै जित निकाले ।


तिलोत्तमा नगरपालिका ६ स्थित नवजीवन क्लबको खेलमैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय २२ रन जोडेको ज्ञानोदयका सुनील धमलाले ३१, राहुल कुमारले १७ र आनन्द गौडले २२ रन जोडे । लुम्बिनीका प्रदीप जयसवालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट तथा दुर्गेश कुर्मीले २ र मानबहादुर थापाले १ विकेट लिए ।


लुम्बिनीले १७.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । टोलीका सुमन पाण्डेले नटआउट ५० रन जोडे । ज्ञानोदयका जितेन्द्र साहनी र सुनील धमलाले २/२ विकेट लिए । खेलमा लुम्बिनी कसाईका प्रदीप जयसवाल म्यान अफ द म्याच भए ।


दोस्रो खेलमा टस जितेको एनएस सीए टाइगर्सले ७ विकेट नोक्सानीमा १ सय ४१ रन जोड्यो । टाइगर्सका ओपनर ब्याट्सम्यान शंकर रानाले ४३, मनीष थापाले १६, अर्जुन गिरीले ३० रन बनाए । बुटवलका विकास श्रेष्ठ र हरजित सिंहले समान २/२ विकेट लिए ।


बुटवलले ७ बल अगाडि लक्ष्य पूरा गर्‍यो । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङले १ छक्का र ६ चौका सहयोगमा ५५ बलमा ५५ रन बनाए । सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाए । टाइगर्सका दुर्गेश गुप्ताले २ विकेट लिए । मृनल म्यान अफ द म्याच भए ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?