कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दीपेन फेरि च्याम्पियन

हङकङ–नेप्लिज स्नुकर च्याम्पियनसिप

काठमाडौँ — गत वर्षको उपाधि भिडन्तको पुनरागमन भएको तेस्रो हङकङ–नेप्लिज स्नुकर च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन दीपेन रानाले जितेका छन् ।

दीपेन फेरि च्याम्पियन

उनले राजेश थापालाई हराएर उपाधि रक्षा गरेका हुन् ।


केसी सिटी स्नुकर हल, जोर्डनमा भएको फाइनलमा दीपेनले वेस्ट अफ सेभेनमा भएको फाइनलमा राजेशमाथि ४–१ फ्रेमको जित हात पार्दै सफलता दोहोर्‍याए ।


उनी ३–० ले अगाडि रहेको अवस्थामा राजेशले एक फ्रेम कब्जा गरे पनि दीपेनलाई उपाधि जित्न खासै गाह्रो भएन ।


स्पोर्टस क्लबद्वारा आयोजित च्याम्पियनसिपमा दीपेनले १० हजार हङकङ डलर हात पारे भने राजेशको भागमा ५ हजार रह्यो । दीपेनले हाइएस्ट ब्रेक ९६९० को पुरस्कार पनि जिते । राजेशले फेयर प्लेको अवार्ड प्राप्त गरे ।


दीपेनले बेस्ट अफ फाइभमा भएको सेमिफाइनलमा किरण शाही र राजेशले कुमार घलेलाई समान ३–२ फ्रेमले हराएर लगातार दोस्रो वर्ष फाइनल भेट तय गरेका थिए । स्पर्धामा ३६ खेलाडी सहभागी थिए । सन् २०१६ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा कुमार घलेलाई पराजित गर्दै सुमन गुरुङ च्याम्पियन भएका थिए । दोस्रो संस्कणको फाइनलमा दीपेनले राजेशलाई हराएका थिए ।


‘खेलकुदको माध्यमबाट हङकङमा रहेका नेपालीलाई सक्रिय बनाउन र लागूपदार्थको दुर्व्यसनबाट टाढै राख्न युवालाई खेलमा आकर्षित गर्ने प्रयासस्वरूप स्नुकर च्याम्पियनसिप गरिएको हो ।यसलाई हामी निरन्तर सञ्चालन गर्नेछौं,’ च्याम्पियनसिपका आयोजक प्रमुख ओम गुरुङले बताए।


प्रकाशित : मंसिर ३, २०७५ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?