कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई लिटिल फाइनलमा

धनगढी — तेस्रो लिटिल फ्लावर टी–२० प्रिमियर लिग क्रिकेटको फाइनलमा लिटिल बुद्ध कञ्चनपुर र आयोजक लिटिल फ्लावर धनगढी पुगेका छन् । फाइनल मंगलबार संघीय प्रहरी इकाईको क्रिकेट मैदानमा हुनेछ ।

दुई लिटिल फाइनलमा

सोमबार लिटिल बुद्धले हिमालयन हाइट हाउसलाई १३ रनले हरायो । लिटिल बुद्धले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको योगफल बनायो । जवाफी ब्याटिङमा हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्रै बनाउन सक्यो । हिमालयनका अंकित सुवेदीले २७, सन्जय श्रेष्ठले २१, अमृत सिंहले १९ रन बनाए ।


लिटिल बुद्धका रोचक ऐरीले ३, विवेक यादवले २, नारायण जोशी र हेमन्त जोशीले १–१ विकेट लिए । यसअघि टस जितेको लिटिल बुद्धका लागि नारायण जोशीले ५९, हेमन्त कार्कीले ३९, हेमन्त धामीले १४ र सुशील खड्काले १२ रन जोडे । हिमालयनका अंकित र सुशान्तले ३–३ तथा फिर्दोष अन्सारी, अमृत सिंह र रमेश भट्टले १–१ विकेट लिएका थिए । म्यान अफ द म्याच लिटिल बुद्धका नारायण जोशी भए ।

अर्काे खेलमा आयोजक फ्लावर स्कुलले साबिक विजेता सिद्धार्थ शिशुसदनलाई ५ विकेटले पन्छाएको थियो । सुरज तिरुवाको अलराउण्ड प्रदर्शन र शेर मल्लको कसिलो बलिङमा लिटिल फ्लावरले सहज जित निकालेको हो । १ सय ३ रनको लक्ष्य फ्लावरले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । सुरजले अविजित ५१, शैलेशले २० रन जोडे । उनीहरूले छैटौं विकेटमा ६७ रनको साझेदारी गरेका थिए ।

सिद्धार्थका कप्तान शैलेश जिसीले ३, गजेन्द्र बोहरा र सविन महराले १–१ विकेट लिए । त्यसअघि टस जितेको सिद्धार्थले ८ विकेट गुमाउँदै १ सय २ रन बनायो । गजेन्द्रले ३९, खडक बोहराले २२, सुविन महराले १३ र सुरेन्द्र साउदले १२ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले ४, सुरज तिरुवाले २ र विक्रम ठगुन्ना, सागर भण्डारीले १–१ विकेट लिए । म्यान अफ द म्याच सुरज तिरुवा भए ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?