कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कटल्यान्डका कप्तान राइनोजमा

टीभीएस एभरेस्ट प्रिमियर लिग

काठमाडौँ — पोखरा राइनोजले स्कटल्यान्डका कप्तान केयल कोएट्जरलाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि लिएको छ । पोखराले मंगलबार विज्ञप्तिमार्फत कोएट्जरलाई लिँदै उनको आगमनले टोलीमा ठूलो बल पुग्ने जनाएको छ ।

स्कटल्यान्डका कप्तान राइनोजमा

३४ वर्षे कोएट्जरले स्कटल्यान्डबाट ५० वान–डे अन्तर्राष्ट्रिय र ४५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनीसँग ९४ प्रथम श्रेणीको खेल खेलेको अनुभव पनि छ ।

नेपाल र स्कटल्यान्ड दुवै गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेका थिए । समूह चरणको खेलमा कोएट्जरले अविजित ८८ रन बनाउँदै नेपालविरुद्ध स्कटल्यान्डलाई ७ विकेटको जित दिलाएका थिए ।

‘स्कटल्यान्ड र नेपालले यसै वर्ष विश्वकप छनोटमा निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो । त्यसयता मलाई नेपाली राष्ट्रिय टोलीसँग खेल्न इच्छा लागिरहेको थियो । पोखरा राइनोजलाई यस अवसर जुराइदिएकोमा धन्यवाद दिँदै नेपालमा खेल्नका लागि म व्यग्र छु,’ पोखराको विज्ञप्तिमा कोएट्जरले भनेका छन् ।


कोएट्जरलाई अनुबन्धित गरेको घोषणा गर्दै पोखरा राइनोजको अभिभावक कम्पनी जगदम्बा स्पोर्ट्सकी दीपा अग्रवालले भनेकी छन्, ‘स्कटल्यान्ड र नेपालले यसअघि खेलिसकेका छन् । कोएट्जरलाई नेपाली खेलाडीबारे धेरै थाहा छ । उनले डिसेम्बरमा कीर्तिपुरमा खेल्ने प्रतीक्षामा हामी छौं ।’


अघिल्लो दिनमात्र पोखराले ईपीएलका लागि मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका नाथन डोडलाई अनुबन्ध गरेको जनाएको थियो ।

प्रकाशित : मंसिर ५, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?