कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिजिभन लिगः एपीएफले एनआरटीलाई हरायो

रासस — सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता  अन्तर्गत मंगलबार भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ ।


यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपीएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक/एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे ।


खेल सुरुवातीको पाँचौँ मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ औँ मिनेटमा सुदिपले एक गोल थप्दै एपीएफको लागि विजयी गोल गरे ।

यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट सुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अंकका साथ लिगको पुछारमा छ ।


अंक तालिकामा मनाङ मर्स्याङदी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अंकसाथ दोस्रो तथा १२ अंक जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १८, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?