कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइपुगे बेलायती चियरलिडर्स

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विदेशी चियरलिडर्सले मनोरन्जन दिने भएका छन् । नेपाली खेलकुदमा पहिलोपल्ट विदेशी चियरलिडर्सको प्रयोग हुन लागेको हो । ईपीएल शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदै छ । 

आयोजक ईपीएल प्रालिले किङफिसरसँगको सहकार्यमा ६ जना चियरलिडर्स भित्र्याएको हो । सबै चियरलिडर्स नेपाल आइसकेका छन् । ईपीएलमा हरेक खेलमा ३–३ जनाले होम एन्ड अवे टिमका लागि मनोरन्जन दिनेछन् । विदेशका प्रतियोगिताहरूमा सम्बन्धित टोलीले नै चियरलिडर्सको व्यवस्था गर्छन् ।


होम र अवे प्रणालीमा लिग हुँदा उनीहरू टिमसँगै यताउता गरिरहेका हुन्छन् । तर नेपालमा भने आयोजकले नै चियरलिडर्सको व्यवस्था गरिदिएको छ । एउटै मैदान भएकाले पनि सीमित चियरलिडर्सले सबै टोलीका लागि मनोरन्जन दिनुपर्ने बाध्यता रहेका आयोजकका अध्यक्ष आमिर अख्तरले जनाए ।


गत जुन महिनामा नेपाल भित्रिएको किङफिसरले उपलब्ध गराएका सबै चियरलिडर्स बेलायतका हुन् । उनीहरू तीन सिजनदेखि आईपीएल टोली दिल्ली क्यापिटल्स (दिल्ली डेयरडेभिल्स) का लागि काम गरिरहेका छन् । त्यस्तै भारतमा जारी विश्व हकी प्रतियोगिताको उद्घाटन सत्रमा पनि उनीहरूले मनोरन्जन दिएका थिए ।


अध्यक्ष अख्तरले स्वयंसेवकको रूपमा चियरलिडर्स टोलीलाई नेपाल ल्याइएको जानकारी गराए । ‘हामीले उनीहरूको पारिश्रमिक तोकेर ल्याएका होइनौं, उनीहरू ट्रेक प्याकेजमा यहाँ आएका हुन्,’ उनले थपे, ‘उनीहरूका लागि साइट सिनसँगै हेरिटेज साइटहरू घुमाउने व्यवस्था हामी गर्छौं ।’


राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा ईपीएल टोली विराटनगर वारियर्सका मार्की खेलाडी पारस खड्काले नेपाली क्रिकेटमा पहिलोपल्ट अन्तर्राष्ट्रिय चियरलिडर्सको सुरुआत हुँदा उत्साही भएको प्रतिक्रिया दिए । ‘यसपल्ट ईपीएलमा क्रिकेटसँगै मनोरन्जन पनि भरपूर हुनेछ । अबको दुई साता त्रिवि मैदानमा टोलीहरूबीचको प्रतिस्पर्धा र चियरलिडर्सको मनोरन्जनले खेल रोचक हुनेछ,’ पारसले भने ।

प्रकाशित : मंसिर २०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?