कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइपाल र हिमालयन च्याम्पियन

काठमाडौँ — साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने ।

साइपाल र हिमालयन च्याम्पियन

कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा आइतबार सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित गर्‍यो । साइपालको जितमा सुशान्त ओलीले १७ स्कोर गरे । सिनियर गर्ल्सको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो । न्यु भिजनकी प्रिया तिमल्सिनाले ९ अंक जोडिन् ।


जुनियर ब्वाइज फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित हात पार्‍यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे । सिनियर ब्वाइजमा साइपालका सागर लामा, सिनियर गल्र्समा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर ब्वाइजमा हिमालयका रुबन कार्की ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।


विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, हिमालयका प्रिन्सिपल रामहरि सिलवाललगायतले पुरस्कृत गरे । मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?