कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्नजितको विजयी सुरुआत

काठमाडौँ — नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले बंगलादेश इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा विजयी सुरुआत गरेका छन् । 

पुरुष सिंगल्समा रत्नजितले भारतका अंकुर साङपाङ राईलाई २१–११, २५–२३ को सेटमा पराजित गरेका छन् । दोस्रो चरणमा रत्नजितले मलेसियाका जुल्हेल्मी जुल्कीफ्लीसँग प्रतिस्पर्धा गर्नेछन् ।


पुरुष सिंगल्समै अर्का नेपाली दीपेश धामी भने पहिलो खेलमै पराजित भए । उनी इन्डोनेसियाका क्रिस्टियन एडिनाटासँग २१–१८, २१–१३ को सोझो सेटमा पराजित भएका थिए । पुरुष डबल्समा भने रत्नजित र दीपेशको जोडीले बाई पाएको छ ।


महिला डबल्समा पनि नङसलदेवी तामाङ र अमिता गिरीको जोडी मौरिससका खेलाडीले वाकओभर दिएपछि क्वाटरफाइनल पुगेको छ । मिक्स्ड डबल्सतर्फ दीपेश र अमिताको जोडीले पनि मौरिससका खेलाडीबाट वाकओभर पाएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?