कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएलः चितवन टाइगर्सको पहिलो जित

काठमाडौँ — टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई ५ रनले पराजित गरेको छ । १९७ रनको लक्ष्य लिएर आएको विराटनगरले ८ विकेट गुमाइ १९१ रन मात्रै बनाउन सक्यो ।

ईपीएलः चितवन टाइगर्सको पहिलो जित

यसअघि टस हारेर व्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।चितवनको तर्फबाट जोन सिम्सनले सर्वााधिक ७८ रन बनाए ।

विराटनगरबाट बाबर हायतले ४२ बलमा ९० रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

...

डिफेन्डिङ च्याम्पियन विराटनगरले ३ मध्येको दुई खेल जितेको छ । मंगलबार टोली पछिल्लो खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित भएको थियो । शीर्ष दुई स्थानमा हात पार्न विराटनगरका लागि अगामी दुई खेल जित्नै पर्ने अवस्था छ ।

राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्ने टोलीले क्वालिफायरमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । क्वालिफायरको विजेता टोली सोझै फाइनल पुग्ने छ । तेस्रो र चौथो हुने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन र विजेता टोलीले क्वालिफायरको पराजित हुने टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ब्याटिङमा चित्त बुझ्दो प्रदर्शन गर्न सकिरहेको छैन । बाबर हायत, रोइल्फ भान डेर मर्वीसहित अनिल शाह, आसिफ शेखजस्ता खेलाडी भए पनि करण केसीको ब्याटिङले विराटनगरको पहिलो दुई खेलमा पराजय टरेको थियो । बाबरले एक मात्र खेलेका छन् ।

चितवन पहिलो तीन खेलमा पराजित भइ प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । त्यसैले प्लेअफमा पुग्ने झिनो आशालाई कायमै राख्न चितवनले यो खेल जित्ने पर्छ । चितवनले यसपछि पोखरा राइनोजसँग आफ्नो अन्तिम खेल खेल्ने छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?