कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल पुरस्कार घोषणा

काठमाडौँ — लिग चरणको खेल सकिएसँगै सोमबार ईपीएलको पुरस्कार रकम घोषणा गरिएको छ । नेपालकै सर्वाधिक ठूलो प्रतियोगिता दाबी गरिएको ईपीएल विजेता टिमले २५ लाख रुपैयाँ र उपविजेताले १० लाख पाउने छ । 

ईपीएल पुरस्कार घोषणा

आयोजक ईपीएल प्रालिले नेपाली क्रिकेट र ईपीएलका सरोकारवालासँगको सल्लाहमा पुरस्कार रकम घोषणा गरिएको जानकारी दिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।


यसपल्ट लिग चरणका खेलमा ६० हजार दर्शकले कीर्तिपुर रंगशालामा प्रत्यक्ष हेरेको र टेलिभिजनमार्फत विश्वभरका ३० लाखभन्दा बढी दर्शकले खेल हेरेको भन्दै नेपालकै ठूलो खेलकुद प्रतियोगिता भएको दाबी आयोजकको छ । तर पुरस्कार राशि कुलका हिसाबले भने अन्य दुई फ्रेन्चाइज प्रतियोगिताको भन्दा कम छ ।


ईपीएलको गत वर्ष विजेताले २१ लाख पाएको थियो । कात्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा विजेताले २७ लाख पाएको थियो भने धनगढी प्रिमियर लिग विजेतालाई पनि २५ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।


नेपाली राष्ट्रिय टोलीका कप्तान तथा साबिक विजेता विराटनगर वारियर्सका कप्तान पारस खड्काले पुरस्कार रकम जति भए पनि फ्रेन्चाइज क्रिकेटमा प्रतिस्पर्धा र रोमाञ्च थपिँदै गएकोमा खुसी हुनुपर्ने बताए । ‘सर्वाधिक ठूलो पुरस्कार रकम हुने भन्ने सुनेको थिएँ मैले पनि । अन्य प्रतियोगितामा भन्दा धेरै होला भन्ने सोचेको थिएँ । पुरस्कार रकम कति राख्ने भन्नेबारे आयोजकमै सर्वाधिकार हुन्छ, मैले केही भन्नुपरेन,’ पुरस्कारबारे पारसले घुमाउरो पारामा भने ।

प्रकाशित : पुस ३, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?