कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

जीतपुरसिमरा गोल्डकप : पुलिस च्याम्पियन

लक्ष्मी साह

बारा — नेपाल पुलिस क्लब सोमबार १४ औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतिायोगिताको च्याम्पियन भएको छ । पुलिसले सिमरा रंगशालामा ए डिभिजन प्रतिस्पर्धी मछिन्द्र क्लबलाई पेनाल्टी शुटआउटबाट ४–३ ले हराएर इतिहास रच्न सफल भएको हो । 

जीतपुरसिमरा गोल्डकप : पुलिस च्याम्पियन

आठ वर्षपछि पुलिस दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जित्न सफल भयो । नयाँ वर्ष २०८१ को पहिलो सफलतासँगै १० लाख रुपैयाँ र ट्रफी जितेको छ ।

फ्लडलाइटमा भएको खेलमा दुवै टिमबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो । इतिहास रच्ने दाउमा दुवै टिम तयारीका साथ मैदान उत्रेका थिए । यद्यपि निर्धारित समय र अतिरिक्त समयको खेलमा दुवै टिमबाट गोल हुन सकेन ।

ट्राइब्रेकरमा पुलिसको तर्फबाट रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशीष राईले मच्छिन्द्रलाई गोल गरेका थिए । यसैगरी मच्छिन्द्रको तर्फबाट विशाल राई, दिवाकर चौधरी र सनीष श्रेष्ठले पुलिसलाई गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट शौरभ लिम्बु र चन्दन दासले हानेको बल पुलिसका किपर अमित तामाचाले रोकेका थिए ।

खेलको म्यान अफ दी म्याच पुलिसका अमित तामाचा भए । उसले मछिन्द्रको २ गोल रोकेका थिए । खेलको उत्कृष्ट खेलाडी पुलिसका सञ्जीव श्रेष्ठ भए । मच्छिन्द्रको विमल घर्ती मगर प्लेयर अफ दी टुर्नामेन्ट भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

फ्लड लाइटमा भएको दुवै प्रतिस्पर्धी टिमबीच निकै प्रतिस्पर्धा परेको थियो । उपाधिका लागि इतिहास रच्ने दाउमा दुबै टिमले आ–आफ्नो तयारीका साथ मैदानमा उत्रेर उपाधि दाबी गरे पनि पुलिसले नै उपाधि हात पार्न सफल भएको हो ।

अघिल्लो साता विराट गोल्डकप जितेर सिमरा मैदानमा उत्रेका मछिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उपाधि हात पार्ने लक्ष्य थियो । मछिन्द्रले विराटसहित मकवानपुरको वाग्मती गोल्डकप र केपी ओली कप उपाधि जितेको थियो ।

प्रकाशित : वैशाख ४, २०८१ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?