२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यूएईविरुद्ध सेमिफाइनलमा नेपालको कमजोर प्रदर्शन

काठमाडौँ — नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध निकै खराब ब्याटिङ गरेको छ । सन्दीप जोराले अर्धशतक बनाए पनि ओमानमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको छ ।

यूएईविरुद्ध सेमिफाइनलमा नेपालको कमजोर प्रदर्शन

खेलको पहिलो बलमै कुशल भुर्तेललाई जुनाइद सिद्धिकीले विकेटकिपरको पछाडि क्याच आउट गरेपछि नेपाली इनिङ्स मस्कटस्थित अल अमेराटमा पूरा दबिएर खेलेको थियो । अर्का ओपनर आसिफ शेखले एक छक्का प्रहार गरे पनि ११ बलमा ८ रनमात्र बनाउन सके । कप्तान रोहित पौडेल पनि लामो सिक्न टिक्न सकेनन् । उनले १८ बल खेली ५ रनमात्र बनाउन सके ।

कुशल ५ बलमा ३ र दीपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन बनाई आउट भए । जोरा ५० रन बनाई आउट भए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो अर्धशतक हो । उनले ४० बल खेली ४ चौका र २ छक्का प्रहार गरे । नेपालबाट दोहोरो स्कोर बनाउने अर्का दुई खेलमा गुलशन झा र करण केसी थिए । गुलशनले १६ बल खेली समान १ चौका र छक्कासहित २० तथा करणले दुई छक्कासहित १२ बलमा १७ रन बनाए ।

सोमपाल कामी २ रनमा आउट भए । अविनाश बोहरा १ र ललित राजवंशी २ रनमा अविजित रहे । यूएईबाट सिद्धिकी, अली नसिर र बसिल हमिदले २–२ विकेट लिए । सिद्धिकीले ४ ओभरमा २६, नसिरले ४ ओभरमा २८ र हमिदले २ ओभरमा ४ रन दिएका थिए । सफि रहमान, आयान अफजल खान र मोहम्मद फारुकले १–१ विकेट लिए ।

प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ ।

प्रकाशित : वैशाख ७, २०८१ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?