कांग्रेसमा बहुमतबाट समिति गठन तयारी, पौडेल र सिटौला पक्ष बैठक बहिष्कारको मनस्थितिमा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने भएका छन् । समिति गठनलगायत पार्टी सञ्चालनका विषयमा पूर्वसहमति नभए केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

कांग्रेसमा फेरि विवाद : पौडेल र सिटौला पक्ष नगएपछि अनुशासन समिति गठन हुन सकेन 

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष चिढिएको छ । पार्टी विधान पारित गर्दाको विवाद सेलाउन नपाउँदै अनुशासन समिति गठनबारे तनाब देखिएको छ ।    

पौडेल र सिटौला पक्षको असहमतिबीच नेविसंघको कार्यकाल थपियो, माघ २ भित्र अधिवेशन गराइसक्नुपर्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतबाट नेविसंघको कार्यकाल दुई महिना बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेविसंघ अधिवेशनका लागि समय थप्ने कि विघटन गरेर तदर्थ समिति बनाउने भन्ने विवाद नेताहरुबीच कायम रहेपछि बहुमतबाट निर्णय लिइएको हो । 

देउवासँग कड्किए सिटौला: ‘सभापतिको भूमिका यही हो ?’

कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्ष उमेर हदको प्रस्ताव असहमतिबीच आइतबार मध्यरातमा अनुमोदन गर्न खोजेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कड्किए  ।