कांग्रेस सभापतिहरूको निर्णय- 'स्वतः प्रतिनिधिबारे पुनर्विचार नगरिए विशेष महाधिवेशन गर्न हस्ताक्षर'

कांग्रेसका बहुमत जिल्ला सभापतिले आगामी शनिबार बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नगरे विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गर्ने निर्णय लिएका छन् । 

विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् ।

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलमा

स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं होटलमा सुरु भएको छ । बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । सात जिल्ला सभापतिहरु आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।