चौतर्फी दबाबपछि न्यूनतम दररेटमै गिट्टी-बालुवा उपलब्ध गराउने बुटवल उपमहानगरको निर्णय 

चौतर्फी दबाबपछि बुटवल उपमहानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई न्यूनतम दररेटमै गिट्टी-बालुवा उपलब्ध गराउने निर्णय गरेको छ । आयोजनाले पठाएको पत्रलाई आधार मान्दै प्रदेश सरकारले तयार गरेको कार्यविधिअनुसार न्यूनतम प्रतिघनफुट ६ रुपैयाँ दरमै गिट्टी-बालुवा उपलब्ध गराउने निर्णय गरेको हो । सोमबार नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेपछि गतिरोध हटेको छ ।

असारमा सक्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोकियो

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । गिटी-बालुवा अभाव र ठेकेदार कम्पनीले कामबापतको भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो । बुटवल उपमहानगरपालिकाले मूल्य बढाउन भन्दै ठेकेदार कम्पनीलाई गिटी बालुवा लान नदिएपछि असारमा सक्ने भनिएको विमानस्थलको काम रोकिएको हो ।