किताबमा पनि कर

नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेपछि किताब क्रेता र बिक्रेता विरोधमा उत्रेका छन् । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले विदेशबाट आयात हुने पाठ्यपुस्तकलगायत सबै प्रकारका किताब ल्याउन स्थगित गरेको छ ।

पुस्तकमा भन्सार महसुल नहटाइन्जेल आयात बन्द गर्ने चेतावनी

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले सरकारलाई पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था नहटाइन्जेल आयात बन्द गर्ने चेतावनी दिएको छ ।