मन्त्रिपरिषद् विस्तार

नवनियुक्त पर्यटनमन्त्रीले भने, 'कसैलाई काम लगाउन होइन सिक्न आएको हुँ'

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको 'कन्भिन्स' ले बनायो योगेशलाई मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्तमन्त्री भट्टराईलाई ४ बजे शपथ गराउँदैछिन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराई नेकपाका स्थायी समिति सदस्यसमेत हुन् । उनी पहिलोपटक मन्त्री बन्दै छन् । 

पर्यटनमन्त्रीमा योगेश भट्टराई

प्रधानमन्त्री केपी ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईलाई ४ बजे मन्त्रीको शपथ गराउने कार्यक्रम छ ।