पप्पुको पुलमा दुर्घटना: पीडितलाई सुटुक्क पैसा

लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ  । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन्  ।

ठेक्का लिँदै, बेच्दै

पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्गअन्तर्गत बर्दियाको भुरीगाउँ–गुलरिया–मुर्तिया सडक निर्माणको ठेक्का अर्कैलाई बिक्री गरेको छ । विवादित यो कन्स्ट्रक्सनले २०७३ माघ २१ गते सम्झौता गरी १८ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो ।

पप्पु कन्स्ट्रक्सन भर्सेस राज्य

पप्पु कन्स्ट्रक्सन कम्पनी चर्चामा छ । ४० वटा पुलसहित विभिन्न योजनामा ११ अर्ब रुपैयाँ बराबरको काम लिएको कम्पनीले सन्तोषजनक कार्य सम्पादन गरेको छैन । त्यस कम्पनीका साथै नेपाल सरकार र ठेक्का लगाउने तथा कामको रेखदेख र अनुगमन गर्ने सरकारी संयन्त्र र सार्वजनिक खरिद कानुनको आलोचना भइरहेको छ ।

पप्पु कन्स्ट्रक्सनको बदमासी: हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।

सीमा मिचेर ठेक्का : ठेकेदार अन्योलमा

निजगढ नगरपालिकाले कोल्हवी नगरपालिका क्षेत्रको सीमा मिचेर बालुवा–ढंगा र गिट्टी बिक्री ठेक्का लगाएपछि ठेकेदारमा अन्योल देखिएको छ ।

पप्पुद्वारा ठेक्का बिक्री

पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्ग योजनासँग निर्माण सम्झौता गरी अर्को कम्पनीलाई ठेक्का बिक्री गरेको छ । निर्माणाधीन हुलाकी सडकको मुर्तिहा (सीमा) देखि बेलवाससम्म १८ किलोमिटर खण्डको जिम्मेवारी लिएको पप्पुले गणपति निर्माण सेवालाई ठेक्का बेचेको हो ।
ADVERTISEMENT

सीमा मिचेर बालुवा गिट्टी ठेक्का

निजगढ नगरपालिकाले सीमा मिचेर बालुवा–ढुंगा र गिट्टी बिक्री ठेक्का लगाएको छ । लालबकैया खोला आफ्नो सीमाभित्र रहेको दाबी गर्दै उसले स्थानीय ओम सप्लायर्सलाई ७ करोड ७७ लाख ७७ हजारमा ठेक्का दिएको हो ।

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय राैतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।  

पप्पुलाई फेरि नयाँ ठेक्का

दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।

पप्पु अर्को लापरबाही गर्दै

सम्झौता अवधिमा काम नगरी समय गुजार्ने पप्पु कन्स्ट्रक्सनलाई डेढ वर्ष म्याद थपको तयारी गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पक्की पुल निर्माणका लागि उक्त कम्पनीले २०७१ असार २९ मा ठेक्का सम्झौता गरेको थियो ।

स्रोत बाँडफाँटमा विवाद: साउनमै सक्नुपर्ने ठेक्का अझै लागेन

नयाँ आर्थिक वर्षको सुरुआतसँगै स्थानीय तहबीच स्रोत बाँडफाँटमा विवाद बढेको छ । सीमा क्षेत्रमा पर्ने नदी–नाला उत्खननबापतको राजस्व, माछा मार्ने कर संकलनलगायत विषयको बाँडफाँट स्थानीय तहका लागि पेचिलो बन्दै गएको छ ।

काम नगर्ने, ठेक्का पाइरहने

कामै नगर्ने । गरे पनि आंशिक र गुणस्तरहीन । तैपनि संघीय संसदका सांसदसमेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरू फेला परेका छन् ।

थोरैमा काम गर्छु भन्नेलाई परेन ठेक्का

नगर विकास कोषको ९ करोड ४ लाख रुपैयाँ ऋण सहयोगमा बागलुङ बसपार्क निर्माणका लागि खुलाइएको ठेक्कामै नगरपालिकाले अनियमितता गरेको आरोप लागेको छ ।ठेक्काका लागि सबैभन्दा कम अंक बोलकबोल गरेको कम्पनीलाई पाखा लगाएको भन्दै निर्माण कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि यो विवाद बाहिर आएको हो ।

ठेक्का ओगट्दै, भाग्दै

सडक विभागको पुल महाशाखामा अहिले सबभन्दा धेरै आउने गुनासो हो, पुल समयमै बनेन । बनेका पुल पनि काम लाग्ने छैनन् । वर्षौंदेखि ठेक्का ओगटेर पुल नबनाउने प्रवृत्तिले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

पप्पु कन्स्ट्रक्सनको मनपरी: डुंगा दुर्घटना अलपत्र पुलले

लालबकैया नदीको टिकुलिया घाटमा डुंगा दुर्घटनापछि आइतबार बिहान घटनास्थलमा भेला भएका स्थानीय निकै आक्रोशित देखिन्थे । उनीहरू पुल निर्माण समयमै नसकिँदा यस्तो दुर्घटना बेहोर्नुपरेको भन्दै ठेकेदारलाई कारबाही माग गरिरहेका थिए ।