निर्मला हत्या प्रकरण : न्याय माग्दै मानव सांग्लोसहित प्रदर्शन

न्याय माग्दै महेन्द्रनगर बिहीबार मानव सांग्लोसहित प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार महेन्द्रनगर बजारमा मानव सांग्लोसहित प्रदर्शन गरिएको हो ।

निर्मला हत्या प्रकरण : टर्च बालेर न्यायको खोजी 

कञ्चनपुरका महिला अधिकारकर्मीले बुधबार दिउँसै टर्च बालेर व्यंग्यात्मक रूपमा न्यायको खोजी गरेका छन् । हत्यारा पत्ता लगाउन माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका अधिकारकर्मीले टर्च बालेर न्यायको खोजी गरेका हुन् ।

निर्मलालाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन [भिडियो]

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरे । 

निर्मलालाई न्याय माग्दै विद्यार्थीहरुको प्रदर्शन [फोटोफिचर]

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । 

निर्मला हत्या प्रकरण : न्यायका लागि सडकमै सुते महिला

न्यायका लागि भन्दै धर्ना सुरु गरेका महिला अधिकारकर्मीहरूले मंगलबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालयअघि विरोध प्रदर्शन गरे । धर्नासँगै थप दबाब दिन महिलाहरू कार्यालयअघिको सडकमै सुते ।